हाम्रो सरकार हो यसलाई सफल बनाउन चाहान्छौँ

२०८१ श्रावण २९, मँगलबार

आशिष आचार्य , काठमाडौं

प्रतिपक्षा रहदा तात्कालिक गृहमन्त्री रवि लामिछाने विरुद्ध देखाइएका प्रमाण अहिले कतापुगे भन्दै गृहमन्त्री रमेश लेखकमाथि नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले प्रश्न उठाएका छन् ।

`चैत्र १२ मा प्रश्न उठाउँदा प्रमाणकाे कागज देखाउनु भएकाे थियाे, त्याे कतापुग्याे गृहमन्त्री ज्यू ´ – थापाले मँगलबारकाे प्रतिनिधिसभा बैठकमा भने ।

यो प्रमाण हो भन्नुभएको थियो,’ थापाले भने, ‘उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।’ उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए ।

महामन्त्री थापाले सत्तापक्षको सांसद हो भन्दै सरकारले जे गरे पनि थपडी नबजाउने चेतावनी दिएका छन् ।

उनले सरकारलाई सत्तापक्षको सांसद हो भनी टाउको गनेर नबस्न सरकारलाई चेतावनी दिएका छन् । उनले अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि आफूले सो कुरा भनेको स्मरण गराउँदै भने, ‘भोट हालेका हौं पक्षका सांसद हुन् ।

भोट हालेका हौं सबै मेरा सांसद भनेर टाउको गनेर हाम्रो सांसद हुन्, हामीले जे भनेपनि थपडी बजाउँछन् भनेर नलिइउयोस् । विवेक भएका सांसद हौं । हाम्रो पार्टीको निर्णयसँग बाँधिएका छौं । हाम्रो सरकार हो यसलाई सफल बनाउन चाहान्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0