२०८१ श्रावण २९ मँगलबार

आशिष आचार्य , काठमाडौं

चितवन १ बाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी साँसद हरि ढकाललाई सँसदमा बाेल्न नपाएपछि सँसद भवनमा हाेहल्ला भएकाे थियाे ।

साँसद ढकाल मागेकाे भन्दा अर्कै विषयमा कुरा उठाउन खाेजेकाे भन्दै सभामुख देवराज घिमिरेले ढकालको माइककाे काटिदिए।

सार्वजनिक यातायातकाे असुरक्षाका विषयमा बाेल्न समय मागेकाेमा अर्कै विषय उठाउन लागेकाे लामिछानेले अर्कै पिषय कुरा उठाएकाेेले सभामुख घिमिरेले लाईन काटेकाे बताए।सभामुखको अवराेध पछि रास्वपा र राप्रपाका साँसदहरुले उठेर सँसद भवनमै विराेध जनाएका थिए ।

सार्वभाैम सँसदमा जुनसुकै विषय पनि उठ्न सकिने बताउदै राप्रपाका अध्यक्ष राजेन्द्र लिँङ्देनले सभामुखको साे कार्यकाे विरोध गरेका थिए ।

नेकपा माओवादी केन्द्रले समेत सभामुखकाे साे कार्यकाे विराेध गर्दै साँसदहरु उठेपछि सभामुखले सँसद हरि ढकाललाई बाेल्ने माैका दिएपछि मात्रै सँसदकाे अवरोध अन्त्य भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0