कार्ययोजनालाई निर्ममतापूर्वक कार्यान्वयन गर्न सबै तहका सङ्गठनलाई निर्देश दिने निर्णय

२०८१श्रावण २१, साेमबार

दुर्लव पाेख्रेल, चितवन

रिटर्नी फेडरेशले सँगठनकाे दीर्घकालीन याेजना निर्माण गर्दै मकवानपुरको हेटौंडामा स्थायी कमिटीको बैठक सम्पन्न गरेकाे छ।

बैठकले विभिन्न ९ वटा विषयमा बैचारिक / सैद्धान्तिक बहस गरि सङ्गठनको आगामी कार्यभार प्रष्टसङ्ग अघि बढाएको रिटनी फेडेरेसन नेपाल का सचिव खेम कार्की ले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गर्नुका साथै सङ्गठनले वर्तमान सरकारको सबै जनमैत्री कदम र कार्यक्रमको साथमा रहने प्रतिबद्धता गरेको जनाएको छ ।

प्राकृतिक बिपतमा परी ज्यान गुमाएका नागरिकहरु, सौर्य एयरको जहाज दुर्घटनामा परी मृत्युवरण गरेका नागरिकहरुप्रती बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शुरुगरिएकाे उक्त बैठकले नव गठित केन्द्र सरकारलाई रिटर्नी लक्षित कार्यक्रम अघि बढाउन ५ बुदे सुझाव प्रस्तुत गरेको रिटर्नी फेडेरेसन का अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।

बैठकले निर्मित कार्ययोजनालाई निर्ममतापूर्वक कार्यान्वयन गर्न सबै तहका सङ्गठनलाई निर्देश दिने निर्णय गरिएका सँगठनका सचिव खेम कार्की ले बताए ।

रिटर्नी फेडरेशन विभिन्न समयमा विदेशमा कनेकाैँ अनुभव प्राप्त गरि नेपाल फर्किएकाे युवाहरुकाे सँगठित सँस्था हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0