आफ्नो साथी पवन नेपालको सहयोगमा सुजनले पसलमा आगो लगाएको तथ्य खुलेको छ

२०८१ श्रावण २१ साेमबार

पाेखरा व्यूराे, बीमा बापतकाे माेटाे रकम हातपार्ने लाेभका कारण आफ्नै पसलमा आगाेलगाउने दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाेखरा ड्यनमसाइडका ३६ बर्षीय सुजन गहतराज र बिराैटाका ४३ वर्षीय पवन नेपाल रहेकाे कास्की प्रहरी प्रमुख माेहनकुमार थापाले बताउनुभयो ।

उनीहरुले पाेखरा -६ स्थित नारेश्वरचाेक स्थित डा. थानेश्वर पहारीकाे घरमा भाडामा लिई सञ्चालन गरेकाे आफ्नै मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति आगाे लगाएका हुन् ।

आगाे लगाउनुकाे कारण भने सुजनले हिमालय एभरेष्ट इन्स्योरेन्सबाट िसलकाे दुई कराेड १० लाखमा गरेकाे बीमा रकम हातपार्नु रहेकाे खुलेकाे छ । अनुसन्धानकाे क्रममा साथी पवनकाे सहयोगमा उनले पसलमा राति २: ३० बजे स्प्रिट छर्केर आगाे लगाउन लगाएकाे साविति वयान दिएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नो साथी पवन नेपालको सहयोगमा सुजनले पसलमा आगो लगाएको तथ्य खुलेको छ । पसलमा आगो लगाउने पूर्वयोजना बनाएका उनले आफ्नो ग.३च ६२६६ नम्बरको गाडीमा स्प्रिटको ग्यालेन राखेका थिए । १६ साउन राति ११ बजे उनले पवन नेपाललाई बोलाएर ड्यामसाइडस्थित फेवा झिर रेस्टुरेन्टमा पाँच बोतल बियर पिएका थिए । त्यसपछि दुवैजना गाडीमा पसलमा पुग्छन् ।

१०–१५ मिनेटपछि बाहिर निस्किएर सुजन सटर लगाई हतार–हतार गाडी चढी तालबाराही स्कुलतर्फ लाग्छन् । नेपाल भने पसलको बाहिरपट्टि बसेका हुन्छन् ।सुजन पसलबाट हिँडेको करिब केही क्षणमै बाहिर बसेका नेपालले सलाई बाली आगो सल्काई सुजनको गाडीको पछि–पछि कुदेको उनीहरूले प्रहरीलाई बताएको प्रमुख थापाले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट आइतबार सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0