राजनीतिलाई स्थायित्व दिनभन्दै दुई ठुला दल यतिखेर शत्ताकाे धुरी खाबाे बनेका छन् ।

बनेकाे धुरीखाबाेले देशमा माैलाएकाे भ्रष्टाचार , विसँगति र महँगाईकाे बाेझलाई दह्रै गरि समालेर धानिएर बस्छ कि डगमगाउँछ थुरी नै त्याे भने हेर्न बाँकी छ ।

महङ्गी आफैँ बढ्छ वा कसै द्वारा जवरजस्त बढाइन्छ जनताले अझै भेउ पाइसकेका छैनन् । सबैकाे मुखले युवाहरु देशमै बसेर कर्म गर्नुपर्छ भनेकाे भाषणमा सुनेपनि याे काम गर वा याे गर्दा कम जाेखिम छ ,कसैले भनेकाे सुनिएकाे छैन ।

नयाँ सरकार बनेपछि प्रविधिको कागजी बजार शेयर बजारमा हरियाली छाएपनि दीर्घकालीन रुपमा सकरात्मक प्रक्षपण भने भएकाे पाइँदैन । दैनिक अन्तर्राष्ट्रिय एयरपोर्टबाट विदेशी आकाश तर्फ उँडेकाे जहाजले हजारौं नेपाली युवासँगै नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गर्दै उडाईरहेकाे छ ।

१२ कक्षाकाे रिजल्ट पनि भयाे । कलिला युवाहरु ह्वात्तै निख्रिदैछन् , विदेशमा सपना खाेज्न ।

यी सबै परिवेश सामान्य लागेपनि नेपालका लागि भने असामान्य हाे । हालकाे जस अपजस काे भारी बाेकेकाे ठुला दलका ठुला मन्त्रीले बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0