२०८१ श्रावण १८, शुक्रबार

चितवन । मजदुरकाे पेशागत हक हित र शुरक्षाका विषयमा काम गर्नेगरि बार्षिक क्यालेन्डर तयार भएकाे जिफण्ड चितवनका अध्यक्ष पुष्करबाबू त्रिपाठीले बताएका छन् ।

बिहिवार सम्पन वार्षिक याेजना तर्जुमा सहित सम्पन्न जिल्ला कमिटीकाे बैठकले मजदुरी कर्ममा लाग्नुभएका विभिन्न प्रकारका मजदुरहरुलाई पेशागत सँगठनमा आवद्ध गराउँदै उनीहरुकाे हक र हितका विषयमा विभिन्न कार्यक्रम सँचालन गर्ने निर्णय भएकाे अध्यक्ष  त्रिपाठीले  जानकारी दिए ।

श्रम बेचेर दैनिक गुजारा चलाउनुपर्ने मजदुरहरुकाे पेशागत मर्यादा, जीवन सुरक्षा र सीप विकासका विषयमा बैठकले कार्य याेजना तयार,पारेकाे छ , हामी यिनै विषयसँग सम्बन्धित रहेर बार्षिक गतिविधि सञ्चलन गर्नेछैाँ – जिफफ्ट चितवनका उपाध्यक्ष गाेविन्द खनालले बताए ।

मुख्य समस्या भनेकै  कार्यक्षेत्रमा मजदुर  साथीहरूलाई कसरी सुरक्षित राख्ने र श्रमलाई मर्यादित बनाउँदै श्रमकाे उचित मूल्य प्राप्त गर्ने नै चुनाैति  समस्या  रहेकाले यसबाट आफ्ना सदस्यहरुलाई शुरक्षित राख्नु जिफण्टकाे मुख्य उद्देश्य रहेकाे अध्यक्ष त्रिपाठीले बताएका छन् ।

आगामी दिनमा मजदुरहरुकाे क्षमता विकास गराउन तालिमकाे आयाेजना गरिने त्रिपाठीले जनाएका छन्।

बैठकमा जिफण्टका प्रदेश तथा केन्द्रीय सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे भने नेकपा एमालेका कार्यबाहक अध्यक्ष श्याम विष्ट अतिथि रहेकाे जिफण्ट चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0