धान राेपेकाे १५ देखि २५ दिनमा टप ड्रेस गर्नु पर्दछ ।

२०८१ श्रावण १३, आइतबार

रक्षा खनाल

धेरैजसो खेतहरुमा राेपाइँ सकिएकाे छ ।

पहिला- पहिला गाउँ घरमा गाईभैसी , बाख्रा पालिन्थे र खेतले पनि गाईबस्तुकाे मल पाउँथ्याे । पशुपालन निख्रिए पछि खेतका विरुवाले पाउने भनेकै विकासी मल हाे अब ।

रसायनबाट बनेकाले विकासी मललाई रासायनिक मल भनिन्छ । याे मल प्राकृतिक मलकाे कामचलाउ विकल्प मात्रै हाे । रासायनिक मल कम भए विरुवाले दिनुपर्ने फसल दिन सक्दैन भने चाहिने भन्दा बढी दिँदा अनेक प्रकारका राेग , किराकाे सँक्रमण हुने डर हुन्छ ।

माटाेकाे बनावटकाे आधारमा मलखादकाे व्यवस्थापन गर्नुपर्ने भएपनि नेपालमा भने आफुखुशी मल बिषादीकाे प्रयाेग गर्नुका साथै असाध्यै कमजाेर ज्ञानभएका व्यक्ति तथा एग्राेफर्मकाे सिफारिसका आधारमा मल,बीउ , विषादी प्रयाेग गर्ने बानी र बाध्यताका कारण बाली र माटाे दुबैमा नाेक्सान र आर्थिक क्षेती भैरहेकाे पाइन्छ ।

नेपालमा कृषि अनुसन्धान केन्द्र लगाएत विभिन्न सँस्थाहरुले मल, बीउ र विषादीहरु सिफारिस गरिने गरिन्छ । तर किसान भने विज्ञ र प्रविधिककाे भन्दा बढी एग्राेभेटका मान्छे कै ज्यादा भर विश्वासमा रहेकाे पाइन्छ ।

अब धान खेतमा मलखादकाे व्यवस्थापन गर्न चटाराे शुरु भैसकेको हुनुपर्छ । धान राेप्नु अगावै खेतमा प्राङ्गारिक मल काे व्यवस्था हुनु पर्दछ । मलखाद पनि बीउकाे जात र स्थान विषेशका आधारमा शिफारिस गरिएको हुन्छ । खेती लगाउदा प्रति हेक्टर प्राङ्गारिक मल ६ टन , नाइट्राेजन १२० किलाे , फस्फाेरस ४० किलाे , पाेटास ५० किलाे , जिङ्क ३ किलाे र बाेराेन १ किलाे छर्नु पर्दछ।

यदि वर्णशँकर जातको बीउ लगाउने हाे भने नाइट्राेजन , फस्फाेरस र पाेटासकाे मात्रा साविक भन्दा डेढी बढाउनुपर्छ । धान राेपेकाे १५ देखि २५ दिनमा टप ड्रेस गर्नु पर्दछ ।

याे समय भनेकाे धानकाे गाँज लाग्ने समय हाे ।सामान्यतया ४५ देखि ५५ दिनकाे अवधिमा धान फुल्न तयार हुन्छ याे समयमा पनि टपड्रेस गर्नुपर्दछ ।यदि धान राेपाईकाे बखत खेतमा प्रशस्त मात्रामा कम्पाेष्ट खाद छरिएकाे छैन भने धान राेपाईँ गरेकाे ८-१० दिनमा युरिया मलमा जिङ्क र सल्फर मिसाएर छर्नुपर्दछ ।

मल छर्दा जहिले पनि घाम कम भएकाे समय अर्थात विहान बेलुकीकाे समय हुनुपर्छ । युरिया छर्नु अगावै खेतमा पानीको मात्र छिपछिपे  हुँदा खाद खेरजाने कम सम्भावना हुन्छ । सामान्यतया १२- १५ दिनकाे फरकमा युरिया ड्रेसिङ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0