चितवनका एक सहित ५ विद्यार्थी नक्कली फेला परेकाले पक्राउ

२०८१ श्रवण १२, शनिबार

हेटाैँडा। छात्रवृत्तिका लागि परिक्षा दिएका मध्य ५ नक्कली विद्यार्थी पक्राउ परेका छन् ।

सिटीईभीटी सानाेठिमीद्वारा सँचालित डिप्लोमा र प्रि डिप्लोमा तहकाे छात्रवृत्तिका लागि परीक्षा दिएका मध्य चितवनका एक सहित ५ विद्यार्थी नक्कली फेला परेकाले पक्राउ गरिएकाे हाे ।

हेटौंडाको भुटनदेवी माविमा सँचालन भएकाे परीक्षा हलबाट पक्राउ पर्नेमा भरतपुर महानगरपालिकाका रुपेश यादव, बारा परमानिपुरका नरेन्द्र महताे, सर्लाही विष्णु गाउँपालिकाका राजिवकुमार ,राैतहट गरुणाका लालबाबु धनुषाका रम्श यादव भएकाे प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0