पुष्पलाल श्रेष्ठले आफ्नै रगतले सहिछाप गरि ` नेपाली प्रजातान्त्रिक सँघकाे स्थापना गरेका थिए

२०८१ साउन ७, साेमबार

कृष्ण खनाल, चितवन

२ नम्बर पूर्व रामेछापमा वि.सँ.१९८१ असार १५ गते जन्मेका पुष्पलाल श्रेष्ठले आफ्नै रगतले सहिछाप गरि ` नेपाली प्रजातान्त्रिक सँघकाे स्थापना गरेका थिए ।

वि.सँ.१९९८ सालमा प्रेमबहादुर कँसाकार, शम्भुराम श्रेष्ठ ,सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर गठन गरिएकाे सँघकाे प्रतिज्ञा–पत्रमा उनीहरू पाँचैजनाले आ- आफ्ना रगतले सहिछाप गरेका थिए ।

उनलाई राणा बिराेधी सँस्था जन्माउने प्रेरणा भने भद्रगोल जेलमा थुनिएका दाजु गङ्गालाल श्रेष्ठबाट पाएका थिए । आफूले गाेली खानु ( सहिद हुनु) भन्दा एकदिन अघि आफुलाई भेट्न पुगेका भाइ पुष्पलाललाई दाजु गँगालालले ` , मैले प्रजातन्त्रका निम्ति बालेकाे दियाेलाई तैँले प्रज्वलित पार्नेछस् ´भन्नुभएको शब्द नै पुष्पलाललाई कालजयी नेपाली कम्युनिस्ट इतिहास निर्माण बन्ने अवसर बन्याे ।

टँकप्रसाद आदि नेताहरुकाे गाेप्य सम्पर्कबाट भारतमा समेत राणा विराेधी कार्यमा सँलग्न भएका पुप्पलाल श्रेष्ठले सन् १९९७ मा भारतबाट प्रकाशन हुने पत्रिका `जनता´ प्रकाशनमा समेत महत्त्वपूर्ण याेगदान गरेका थिए ।

वि.सँ २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेस काे अगुवाइमा भएकाे नागरिक अधिकार आन्दोलनकाे नेतृत्व समेत पुष्पलाल श्रेष्ठ,शम्भुराम श्रेष्ठ स्रेहलता श्रेष्ठ , साहान प्रधान आदि नेताहरुले गरेका थिए ।

काँग्रेस पार्टीको स्थापना गर्नुहुने पुष्पलाल श्रेष्ठ २००६ सालमा भारत कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँगकाे भेटपछि अन्ततोगत्वा माक्र्सवादी दर्शन प्रति समर्पित भए। साम्यवादी विचारधाराबाट प्रभावित भै श्रेष्ठले व्यापकरुपमा कम्युनिस्ट साम्यवादी दर्शनकाे प्रचारमा सकृय हुनुभयाे ।

कम्युनिस्ट पार्टीको घाेषणा पत्रलाई नेपालीमा अनुबाद गर्दै भारतीय भुमिबाटै नेपालमा कम्युनिस्ट पार्टी जन्माउनुहुने पुष्पलाल श्रेष्ठ ले कम्युनिस्ट पार्टीको तेश्राे महाधिवेशनसम्म सम्पन्न गराएका थिए । वि. सँ २०१६ सालमा साेभियत सङ्घमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिनु भएका श्रेष्ठले साेहि अवधिमा चीनकाे समेत भ्रमण गरे ।

जब २०१७ सालमा राजा महेन्द्रले पुस १ बाट शासन शत्ता हातमा लिदै राजनीतिक प्रतिबन्दमा देशलाई धकेले तब सबै नेताहरु कि त जेल जिवनमा गए भने धेरै नेताहरु भूमिगत भए ।

` काँग्रेस र कम्युनिस्ट मिलेर सँघर्ष नगरि पञ्चायत फाल्न सकिन´ भन्ने भविष्यवाणी गर्नुहुने पुष्पलाल श्रेष्ठकाे २०३५ साल साउन ७ गते भारतकाे नयाँदिल्लीकाे अल इण्डिया मेडिकल इन्स्िटच्युटमा उपचारकाे क्रममै निधन भएकाे थियाे ।

सँयाेगवस देश यतिखेर तिनै कम्युनिस्ट – काँग्रेसकाे बसमा परेकाे छ। पुष्पलाल श्रेष्ठले भने जस्तै मिलेर पञ्चाय फालेका काँग्रेस कम्युनिस्टहरु मिलेरै राजतन्त्र फाल्न सफल भए ।

अब यिनै काँग्रेस कम्युनिस्टकाे काँधमा राजा फालिएको अैाचित्य पुष्टि गर्दै देशलाई सम्वृद्धिकाे दिशामा नपुर्याएसम्म पुष्पलालकाे चाहना पुराभएकाे मानिने छैन ।

काँग्रेस कम्युनिस्टकाे एकता केवल सत्ता प्राप्ति मा मात्र सिमित नभै जनचाहना चल्ने प्रेरणाका लागि जनताका नेता पुष्पलाल श्रेष्ठको -४६अैाँ- स्मृतिकाे अवसरमा वहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0