बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन्

२०८१ साउन २,बुधबार

चितवन । रेलमार्ग सर्भेमा आएकाे आरएच कन्सल्टेन्सीकाे गाडीलाई चितवनमा आगजनी गरिएको छ।

बुधबार भरतपुर ७ नम्बर बडामा पुगेकाे साे गाडीलाई स्थानीयले आगजनी गरेका हुन् । नियन्त्रणमा लिइरहेको गाडीलाई स्थानीयले प्रहरीकै अगाडि आगजनी गरेका थिए ।

गुगल म्याप सर्वेगर्न आएकाे बताउने साे गाडीलाई महानगरकाे दमकलले आगाे निभाएकाे छ।

आज वडा नं. ७ मा सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0