भरतपुर क्षेत्रमा रेलमार्ग कताबाट लैजाने भन्ने बारेमा विवाद रहेकाे छ

२०८१ साउन २, बुधबार

चितवन । सरकारकाेअनुमति लिएर रेलमार्ग सर्वेका लागि चितवन आएकाे भन्ने टाेली नै स्थानीयकाे घेराउमा परेका छन् ।

पूर्वपश्चिम रेलमार्गकाे सर्वे गर्ने भन्दै  भरतपुरकाे ७ नम्बर वडामा पुग्दा उनीहरु स्थानीय जनतनकाे घेराउमा परेका हुन् । स्थानीयले साे टाेलीकाे गाडी तथा उपकरण समेत घेराउ गरेका छन् ।

टाेलीले रेलमार्गकाे गुगल म्याप सर्वे गर्न आएकाे बताएका छन् ।

रेलमार्ग पीडित सँघर्ष समितिका सचिव दिब्य नेपालका अनुसार साे टाेलीले भरतपुरकाे ८ नम्बर स्थित मँगलपुर क्षेत्रमा सर्वे गरेकाे थियाे । उनीहरु ७ नम्बरमा सर्वे गर्दागर्दै आज स्थानीयकाे घेरामा परेका हुन् ।

भरतपुर क्षेत्रमा रेलमार्ग कताबाट लैजाने भन्ने बारेमा विवाद रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0