राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नाकाे अैाचित्य पुष्टि गर्ननसक्दै निर्णयलाई स्थगन

२०८१ असार २७,बिहीबार

विश्वास तिमिल्सिना , काठमाडौं सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएकाे छ ।

बिहिवार बसेकाे मन्त्रीपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लागू नगर्न गृहलाई निर्देशन दिने निर्णय गरेकाे हाे ।

सरकारले राजपत्रमा सूचना जारी गर्दै साउन १ गते देखि सार्वजनिक सुविधाको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाे थियाे । सरकार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नाकाे अैाचित्य पुष्टि गर्ननसक्दै निर्णयलाई स्थगन गर्न पुगेकाे छ ।

तर आम नागरिकले भने बृद्धभत्ता नपाउने डरले आफ्ना वृद्ध अभिभावकलाई जिल्ला प्रशासन वा ताेकिएकाे स्थानमा लैजान सास्ती भने खपिसकेका छन् ।

सरकारले पहिलो चरणका लागि २० जिल्लामा राष्ट्रिय परिचयपत्र लागुगरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0