व्यवसायिक किसानलाई आवस्यक सहयाेग गर्न गाउँपालिका सधै तयार छ

May be an image of ticket stub and text

२०८१असार २६, बुधबार

बर्दिया । बढैयाताल गाउँपालिकाले व्यवसायिक किसानका लागि आर्थिक अनुदानका साथै तालिम समेत प्रदान गर्ने भएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार याे बर्ष व्यवसायिक पुष्प ( फूल) खेती गर्न चाहने किसानका लागि पुष्प उत्पादन सम्बन्धि तालिम दिनु साथै विभिन्न आर्थिक अनुदान उपलब्ध गराईने छ ।

`व्यक्तिगत रुपमा ३ कठ्ठासम्म , सामुदायिक रुपमा ५ कठ्ठासम्म पुष्प व्यवसाय गर्न किसानलाई गाउँपालिकाले नि: शुल्क प्राविधिक तालिम उपलब्ध गराउनुका साथै ७५% अनुदानमा वेर्ना र बीउ उपलब्ध हुने छ भने व्यवसायिक रुपमा फलफूल खेती प्रवर्द्धन गर्न अनुदानमा तालिम , बेर्ना र सिँचाई उपकरण उपलब्ध गराउने पालिकाेले निर्णय गरि सार्वजनिक सुचना समेत जारी गरिसकिएको छ´ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

सुविधा लिन चाहने किसानहरुले व्यवसाय दर्ता प्रमाणपत्र , प्यान नम्बर , जग्गाधनी प्रमाण पूर्जा,नागरिकता र विभिन्न आवस्यक निर्णयहरसकाे प्रतिलिपी सहित २०८१ साउन ५ गतेसम्ममा निवेदन दिन समेत सुचना जारि गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0