नागरिकको यथार्थ स्थितिकाे स्क्रेनिङ गर्नु राष्ट्रिय परिचयपत्रकाे मुख्य उद्देश्य हाे

२०८१ असार २४ साेमबार

कृष्ण खनाल

चितवन । चितवन सहित अनिवार्य राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन भएका जिल्ला हरुमा भिडभाड अलिक बाक्लै छ ।

भत्ता नै पाइदैन कि भन्ने डरले कार्डका लागि जिल्ला प्रशासन धाउने देखि विदेश जाने रहर र बाध्यता बाेकेका युवा जमातकाे बाक्लाे उपस्थितिले प्राय प्रशासन कार्यालय भरिएको देखिन्छ ।

भत्ता पाउन देखि पासपोर्ट बनाउन समेत राष्ट्रिय परिचयपत्र नम्बर आवस्यक पर्ने भएपछि भिडभाड नबढ्ने कुरै भएन । ` झट्ट हेर्दा नागरिकलाई परिचयपत्रले दु: ख दियाे जस्ताे लाग्छ तर यसले राज्य सञ्चालनमा ठुलाे महत्त्व राख्दछ ´ भन्नुहुन्छ अन्तिम सिँजाली ।

`राज्यले नागरिकताकाे प्रमाणपत्र बाँडेकाे धेरैभयाे , नागरिकको नागरिकताकाे हालत कस्ताे छ , हिजाे हातले लेखेर दिँदा ढड्डा र कार्डमा नाम अन्जानमा गलत प्रवृष्टि त भएकाे छैन भन्ने महत्त्वपूर्ण विषय हाे । दुनियाँमा कृत्रिम कागजात बाेकेर कसैले हिँडेकाे छैन भन्ने विषयमा समेत राज्य चनाखाे हुँनुपर्छ ।

आजकाे विश्व दुनियाँ प्रविधिको हाे, हामी प्रविधिको प्रयाेग गर्दैछाैँ, भने हाम्रा विवरण पनि अन्तर्राष्ट्रिय स्तरकाे हुन जरुरी छ , राष्ट्रिय परिचयपत्र पनि नागरिकलाई अन्तर्राष्ट्रिय स्तरकाे परिचय प्रधानगर्नु राज्यको कर्तब्य हाे। राष्ट्रिय परिचयपत्रलाई यसरी नै बुझ्न जरुरी छ ´ भन्नुहुन्छ जिल्ला प्रशासन कार्यलय चितवनको सूचना अधिकारीकाे महत्त्वपूर्ण जिम्मेवारीमा समेत रहनुहुने प्रशासकीय अधिकृत सिँजाली।

` राष्ट्रिय परिचयपत्रकाे भित्री मक्सत पनि त हाेलानी ´भन्ने श्रीखबर अनलाइन सञ्चारकाे जिज्ञासामा सिँजाली भन्नुहुन्छ ` “सबै नागरिकसँग रहेकाे नागरिकता , जन्मदर्ता , बिबाह दर्ता , मृत्युु दर्ता नाता प्रमाणित सकुशल छन् भन्ने प्रमाणिकता समेत एक महत्त्वपूर्ण विषय हाे ´´।

यसकाे प्रमाणिकरण गर्ने बैज्ञानिक विधि राष्ट्रिय परिचयपत्र कार्यक्रम भएकाेले सामान्य असजिलाे भएपनि नागरिककाे कर्तव्य सम्झि चित्त नदुखाउन समेत सर्वसाधारणमा अनुराेध छ ´भन्नुहुन्छ सिँजाली ।

जिल्ला प्रशासन कार्यलयमा नागरिकताकाे अभिलेख रुजुगर्नकाे लागि काेठा नँम्वर १०७ व्यवस्था गरेकाे छ । साे काेठाबाट सेवालिन एउटै व्यक्तिले कम्तिमा ३ पटकसम्म लाईन वस्नुपर्ने हँदाेरहेछ भन्नुहुन्छ राप्ती नगरपालिकाकाे भण्डाराबाट राष्ट्रिय परिचयपत्रकाे लागि प्रकृयाकै क्रममा भेटिनुभएका रेशमप्रसाद रेग्मी।

` विहान ११ बजेबाट काम गरेकाे गरेकै छु, चल्न पाकाे छैन । साह्रै गाराे भाछ भन्नुहुन्छ नागरिकताकाे खास तथ्य भिडाउने काेठाका एक कर्मचारी । पहिला नाम सहितकाे विवरण कम्प्युटरमा खाेज्याे। फेलापरे त ठिकै परेनभने फेरि फारम भरेर हाकिमकाे ताेक लगाएर फेरि यहीँ आउँछन् सेवाग्राही ।

फेरि त्याे कागजलाई स्क्यानिङ गरेर सम्बन्धि जिल्लामा फ्याक्स गर्नुपर्दा ढिलाे भएकाे बतनउँदै यस सेवा काेठामा कर्मचारी अभाव रहेकाे वहाँ बताउनु हुन्छ । हाल भने स्थानीय पालिकाहरुका वडाहरुमा शिविर सञ्चालन गरि फाेटाे खिच्ने काम भएपछि प्रशासन कार्यलयमा भिड कमहुँदै गएकाे सूचना अधिकारी सिँजालीले बताउनुभयो ।

वृद्ध भत्ताका लागि ९० वर्ष लतका सबैले भदाै सम्ममा राष्ट्रिय परिचयपत्र नम्वर सहितकाे नविकरण जरुरी रहेने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0