प्रधानमन्त्री प्रचण्डलाई राजिनामाकाे दवाव बढेपनि उनले सँसदबाट मुद्धाकाे छिनाेफानाे गरिने बताउनुभएकाे छ

२०८१ असार २२, शनिबार

आशिष आचार्य , काठमाडौं

एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्न काँग्रेस सँसदीय दलकाे बैठक आज ३ बजे बस्दैछ।

सँसद भवनकाे ल्हाेत्से हलमा बस्ने तय भएकाे साे बैठकले एमालेसँग भएकाे सत्ता सहमतिकाे निर्णय अनुमाेदन गरिने नेपाल काँग्रेसका सचेतक रमेश लेखकले बताउनुभयो ।

असार १९ गते नै नेपाली काँग्रेसकाे कार्यसम्पादन समितिकाे बैठकले एमालेसँग सत्ता साझेदार गर्ने निर्णय गरिसकेको छ ।

यता प्रधानमन्त्री प्रचण्डलाई राजिनामाकाे दवाव बढेपनि उनले सँसदबाट मुद्धाकाे छिनाेफानाे गरिने बताउनुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले असारकाे २८ गते आफुले विश्वासको मत लिने बारे सँघीय सँसदलाई जानकारी गराईसकिएकाे बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0