तिलकराम रिमाल चितवनका एक स्थापित र पेशागत ईमानदार पत्रकार भएकाे जानकारहरु बताउँछन्

२०८१ असार १८ मँगलबार

चितवन । नेपाल पत्रकार महासँघ चितवनकाे आसन्न अधिवेशनबाट आगामी नेतृत्वका लागि प्रेस चाैतारी नेपाल चितवनका तर्फबाट तिलकराम रिमाल अध्यक्ष हुनुहुने भएकाे छ ।

चाैतारी चितवनले जेष्ट २२ गते गठन गरेकाे उम्मेदवार छनाैट कमिटीले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि तिलकराम रिमाललाई उम्मेदवार बनाउने  सर्वसम्मत निर्णय गरेपछि  रिमाल उम्मेदवार हुने पक्काभएकाे चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयाे ।

चाैतारीबाट उम्मेदवार भै पत्रकार महासँघकाे नेतृत्व समालिसक्नु भएका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडाले ` सँगठनलाई कठिन घडीमा साथ दिनुका साथै पत्रकारीतमा अव्वल क्षमता प्रस्तुत गरिसक्नु भएकाे समेत मुल्यांकन गर्दैअग्रज पत्रकार तिलकराम रिमाललाई आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी सुनिश्चित गरेका हाैँ´ भन्नुभयो ।

प्रेस चाैतारी नेपाल, चितवनका सस्थापक रामबाबु सुवेदीले प्रेस चाैतारी चितवनले महासँघकाे आगामी नेतृत्वका लागि एक सरल र असल व्यक्तित्व सर्वसम्मत छनाैट गर्ने टिमलाई धन्यवाद भन्दै तिलकराम रिमालकाे सुनिश्चित विजयका लागि शुभकामना छ- भन्नुभएको छ ।

तिलकराम रिमाल चितवनका एक स्थापित र पेशागत ईमानदार पत्रकार भएकाे जानकारहरु बताउँछन् ।

पत्रकार महासँघकाे निर्वाचन भने अझै निस्चित भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0