२०८१ असार १५, शनिबार

चितवन। बालीकाे उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान , विकास र प्रसारणमा वर्तमान सरकार लागिपरेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बताउनुभएकाे छ ।

२१ अैाँ राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सव- २०८१ काे चितवनकाे बछ्याैलीमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री दाहालले साे बताउनुभएकाृे हाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेकाे बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।”

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताउनुभयो । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको बताउनुभयो । कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गर्ने उहाँको भनाइ थियो । सरकारले उत्पादनमा जोड दिँदै उत्पादन र बजारीकरणका लागि काम गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउँदै एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरे , चितवन १ का सँघिय साँसद हरि ढकाल,प्रदेशसभा सदस्य उत्तम जाेशी, ठाकुर ढकाल, ईश्वर सापकोटा का साथै रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकाेटा सहितको उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0