२०८१ असार १४, शुक्रबार

भरतपुर । अन्तरिक राजश्व कार्यलयबाट पूर्वी राेड तर्फ हानिएका यमन प्रजाकाे ३ जनाकाे टाेलीमा यमनकाे जिम्मा थियाे ` चिउरी आयाे है हजुर सिद्दिकाे पाकेकाे चिउरी ´ भन्ने ।

यमलाल प्रजा  रिक्सामा राखेकाे चिउरीले भरीभराउ डाेकाे र अर्काे तामाभरी डाेकाे समात्दै थिए ।अर्जुन चेपाङ भने रिक्सा हाँक्ने काममा । भरी २ डाेकाे चिउरी र एक डाेकाे तामा बाेकेर रिक्सा लिएर तलझरेकाे ३ भाइ ८ बजे भरतपुरकाे गणेशस्थान हुँदै मालपोत कार्यालय तिर आईपुगे ।

`अरु साथीहरू टाँडी, पर्सातिर लागे हामी तीनभाई चाहिँ भरतपुरमा व्यापार कस्ताेहुन्छ हेराैँ भनेर यता झरेकाे ´-यमनले भने ।

कति रुपैयाँ किलाे हाे भाइ ? श्रीखबर अनलाइन सञ्चारसँग कुराकानीमा यमन प्रजा भन्छन् ` अरुले त ३- ४ सय रुपैयाँ सम्ममा पनि बेचेकाे पाईयाे ।  आफ्नै वारीबाट टिपेरल्याएकाे भएर मात्र २ सय सर ।

अर्काे डाेकाेमा भएकाे बाँसकाे ताम भने उनीहरुले गाउँमै ७०-८० रुपैयाँमा किनेका हुन् । ` हामी तिनै भाइकाे घरमा आफ्नै चिउरीको बाेट छ, एक एक डाेकाे टिपेर गभायर पाकेपछि बेच्न ल्याउने हाे सर  ,यमनले भने ।।

कति रुपैयाँ हुन्छ त दिनभरिमा ? यवलाल भन्छन् ` १-१ हजार त बस्नपर्ने हाे एकजनाकाे भागमा साँझसम्ममा ।

सिजन अनुसारको फल, कन्दमूल बेच्न कहिले रत्ननगरकाे टाँडी कहिले खैरहनीकाे खैरेनी , पर्सा त कहिले नारायणगढ भरतपुर झर्ने गरेका यी युवाहरु भन्छन् ` साँझ घरजाने केलामा यहि पैसाले नुन,तेल ,मर्रमसला देखि लत्ताकपडा किनेर ल्यैजाने बताउँछन् ।

बस्न त नम्बरी जग्गा भएपनि भएकाे भीरपाखाे सबै सरकारी हाे भन्छन् यमलाल प्रजा । त्यसै त आफ्नाे बारीकाे खेतीले २ महिना पनि खान पुग्दैन झन् याे वर्ष त पानी नै नपरे पछि घरमा खाने एक मुठ्ठी अन्नपनि नभएपछि यहि फलफूल , कन्दमूल नबुझी पेटपाल्ने कुन‌ै उपाए नभएकाे अर्जुन प्रजा बताउँछन् ।

कालिका नगरपालिका अन्तर्गत पर्ने ११ वडा सिद्धिका यी युवा जस्तै चेपाङ बस्तिका सैयाँ घरपरिवारमा अनिकालकाे चपेटामा छन् ।

पहिला – पहिला चेपाङ जातिमा छाेरीसँगै एक बाेट चिउरी पनि दाईजो पठाउने चलन थियाे ।चिउरी बहुगुणी वृक्ष हाे । पाकेकाे चिउरी गुलियाे हुनेहुना र पाैष्टिकयुक्त छ भने यसकाे बीउ/ दाना पेलेर घ्यू निस्कन्छ । चिउरी फलेकाे सिजनमा माैरीले चियरीकाे रसबाट बनाएकाे महमा अैाषधि गुण हुन्छ । कालिका नगरपालिकाले चेपाङ बस्तीमा चिउरीकाे बिरुवा लगाउने अभियान चलाएकाे मेयर विनाेद रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0