२०८१ असार १३, बुधबार

भरतपुर। आर्थिक वर्ष ०८१/८२ का लागि १५ अैाँ नगरसभाबाट नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षकाे बजेट  पारित गरि साे काे विषयमा जानकारी दिन भरतपुर महानगरपालिकाले १३ गते आज पत्रकार भेटघाट कार्यक्रम सम्पन गरेकाे छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाले आर्थिक ,सामाजिक तथा भाैतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण फड्काे मारेकाे बताउँदै महानगर प्रमुख रेणु दाहालले लामाे समय देखि राेकिएकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय रँगशाला निर्माण कार्य शुरुभएकाे,नारायणी नदि नियन्त्रण तथा तटबन्धकाे काम तथा भरतपर विमानस्थलकाे स्तरउन्नति र रात्रिकालिन उडान सेवा सुचारू हुने अवस्था बन्दै गैहेकाे बताउनुभयो ।

प्रमुख दाहालले गत वर्षका प्रयासले नगरभित्र शिक्षा , स्वास्थ , पिउने पानी ,ढल निकास ,कृषि पर्यटन विकास जस्ता क्षेत्रमा देखापरेकाेकरात्मक परिणामले `कल्पना गरेकाे भरतपुर महानगरपालिकाकाे प्रारुप ´ ले मूर्त रुप लिएकाे बताउनुभयो ।

विकास र समृद्धि मार्फत नगरवासीकाे सहज जीवनयापनकाे वातावरणमा नै नगरपालिकाकाे मुख्य ध्यान केन्द्रित रहेकाे बताउँदै मेयर दाहालले भरतपुर भ्रमण वर्ष उद्घाटन समाराेहमा उपस्थित मानव सागर र देशका अत्यन्त विशिष्ट व्यक्तित्वहरुकाे उपस्थितिले भ्रमण वर्षकाे अैाचित्य पुष्टि भएकाे समेत बताउनु भएकाे थियाे ।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष ०८०/८१ मा भए गरिएका उपलब्धिकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

हाल राष्ट्रिय गाैरव समेत रहेकाे भरतपुर महानगरपालिकाकाे महत्त्वपूर्ण परियाेजना` गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला ´काे अधुराे कार्यलाई पूर्णतादिने कामका लागि कार्य अघिबढेकाे छ भने भ्रमण बर्षलाई लक्ष्यित गर्दै ऐतिहासिक दियालाे बङ्गलालाई सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिने भएकाे छ ।

महानगरकाे सहयोगमा भरतपुर -६ स्थित देवनगरमा रहेकाे दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन छ भने जहाँ पाटे बाघलाई क्यावेज भित्र खुल्ला राखिएकाे छ ।

महानगर भित्र हालसम्म ७०० किलोमिटर कालाेपत्रे सडक रहेकाे छ भने अझै ४७० किलोमिटर सडक अझै ग्रावेल मै रहेकाे छ । यसै वर्षमा मात्रै ५२ किलाेमिटर सडक कालाेपत्रे भएकाे हाे ।

पत्रकार भेटघाट कार्यक्रमकाे छलफलमा सहभागी हुँदै पत्रकारहरुले महानगरपालिका भित्रकाे फाेहाेर व्यवस्थापन हुन नसकेकाे , यातायातका साधनमा पार्किङजन्य साथै सरकारी विद्यालयकाे स्तर उन्नति देखि सार्वजनिक साैचालयकाे सहज पहुँचका विषयमा महानगर नेतृत्वकाे ध्यानाकर्षण गराएका थिए ।

भरतपुर महानगरपालिकाले नेपालकाे सँविधानकाे धारा २३० काे अधिकार प्रयाेग गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम पास गरेकाे छ भने बार्षिक अनुमानित आय, व्यय समेत पास गरेकाे छ ।

उत्पादन वृद्धि ,गुणस्तरीय शिक्षा,उत्पादनमूलक राेजगारी,वातावरण मैत्री तथा सुशासन र नवप्रवर्तन उध्यमशीलता जस्ता विषयमा बिशेष जाेड दिएकाे भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल व्यय रु. ६ अर्व ५५ कराेड ८५ लाख ९८ हजारकाे बजेट पास गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0