२०८१ असार १२, बुधबार

रास्ट्रपति , प्रधानमन्त्री र माथिल्ला तहमा पुगेका नेताका नाम जाेडेर सँस्था वा प्रतिष्ठान खाेल्नुकाे मुख्य उद्धेश्य सम्मानका खाँतिर भन्दाबेसी श्राेतमाथि पहुँच पुर्याउनैका लागि गरिन्छ भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।

कहिलेकाहीँ बादलले दिउँसै घाम छेक्दा रात पर्याे भन्नू र नेताका नाममा जाेडिएका सँस्थाले सामाजिक काममात्रै गर्छन् भन्नू एउटै हाे भन्ने सारा दुनियाँ जानकार छ । सँस्था खाेल्नेलाई पनि थाहा छ नेता र सम्मानित व्यक्तिकाे नाममा व्यापार गर्न अलिक सजिलाे हुनेछ । यस्तै प्रतिष्ठान सावित भएकाे छ ` झलनाथ खनाल स्वस्थ्य विज्ञानकाे सर्प पालन प्रतिष्ठान ´ ।

चासाे राख्ने दुनियाँलाई थाहा थियाे , साे सँस्थानमा भ्रष्टाचार भएकाे छ । अब अदालतले नै भ्रष्टाचारी ठहर गरेपछि ` भ्रष्टाचारी सँस्था´ भन्न डर भने भएन ।

झलनाथ खनालकाे नाम बेचेर भ्रष्टाचार गर्ने ` झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान´मा सर्प पाल्ने कामका नाममा तात्कालिक मन्त्री विजयकुमार यादव सहित ५ जनालाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर , सदस्यहरु तेजनारायण सिँह र मुरारीबाबू श्रेष्ठकाे इजलासले  दाेषी ठहर गरिदियाे ।

सर्लाहीको लालबन्दीमा रहेकाे प्रतिष्ठानसँग मिलेर सर्प पाल्ने , बिष सँकलन गर्ने र उत्पादनसम्म गर्ने कामका लागि २०७६/०७७ मा मधेश प्रदेश सरकारले केन्द्रीय समपूरक अनुदान रकम विनियोजन गर्नेकाममा पहुँच पु्र्याएका थिए ।

नेताकाे आशिर्वाद प्राप्त भएपछि अधिकार क्षेत्र काे कुनै प्रवाह नहुने बुझेका तात्कालिक मधेश प्रदेशका मन्त्री विजयकुमार यादवका साथै झलनाथकाे नामकाे स्वस्थ विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी , काेषाध्यक्ष नीरज भण्डारी भ्रष्टाचारी ठहर भएका छन् भने सदस्य देवन्द्र राय समेत दाेषी ठहरिएका छन् ।

बदनियत तरिकाले निकासा गरिएकाे १७ कराेड ९८ लाख ३३ हजारका कारण उनीहरु भ्रष्टाचारी ठहरिएका हुन् ।

अख्तियारले उनीहरु विरुद्ध २०८० साल असाेज २१ गते मुद्दा दर्तागरेकाे थियाे । सजायाँ सम्बन्धि पूर्णपाठ भने आउनै बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0