२०८१ असार ११, मँगलबार

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई स्वत:ग्रिनकार्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकामा पढाइ सकेर चीन तथा भारत जस्ता देशमा फिर्ता हुनबाट रोक्नका लागि उनले स्वत: ग्रिनकार्ड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“मैले गर्न चाहेको र मैले भविष्यमा गर्ने काम भनेको जब तपाइँले कलेजबाट ग्र्याजुएट गर्नुभयो भने मलाई लाग्छ तपाइँलाई ग्रिनकार्ड दिनुपर्छ । यसलाई तपाइँको डिप्लोमा कोर्सकै रुपमा यो उपलब्ध गराउनुपर्छ । यो ग्रिनकार्डले यो देशमा बस्नका लागि योग्य भइनेछ,” ट्रम्पले भनेका छन् ।

आप्रवासनको विषयमा कठोर नीतिको वकालत गर्दै आएका ट्रम्पले तेस्रो पटक राष्ट्रपतिको चुनावको तयारी गरिरहँदा यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसअघिको निर्वाचनअघि भने ट्रम्पले ‘आप्रवासीहरुले अमेरिकाको रगतलाई विशाक्त बनाइरहेको’ आरोप लगाएका थिए । र यदि आफूले चुनाव जितेमा ठूलो संख्यामा आप्रवासीहरुलाई उनीहरुकै देश फिर्ता गर्ने घोषणा गरेका थिए ।

ट्रम्पको बदलिएको यस्तो अभिव्यक्तिसँगै अब अमेरिकामा आप्रवासीको संख्या बढ्ने पनि अपेक्षा गरिएको छ ।

यद्यपि ट्रम्पको यस्तो अभिव्यक्तिसँगै यसको व्यवहारिकता र आधिकारिकताबारे पनि प्रश्न उठेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0