२०८१ असार १०, साेमबार

चितवन। ताेरीखेतबाट राष्ट्रिय परिचय पत्र बनाउन एकाबिहानै जिल्ला प्रशासन कार्यालय चितवन भित्र छिर्दा अतालिनुभएकी सुमित्रा खड्कालाई भत्तै पाइदैन कि भन्ने डरले पेटै पाेलेकाे छ ।

` के हाे कागज नभएपछि भत्ता पाइदैन भने छाेरा, नातीले त्यैभएर ल्याकाहुन् रे ´ भन्नुहुन्छ सुमित्रा आमा। यस्ताे गर्मी छ के गरेका हाेलान् ठुला मान्छेले बाबू , कति दु: ख दिन जानेका हाेलान् बुढाबुढीलाई मर्ने बेलामा भन्नुहुन्छ , आमा ।

[तीर्थराज पाेख्रेल ८५ वर्ष]

दराईटाेलबाट ६ बजे नै जिल्ला प्रशासन भित्र भाडाकाे तीनपाङ्ग्रेमा पुग्नुभएकाे तीर्थराज पाेख्रेल ८५ वर्ष पुगिसकेँ भन्नुहुन्छ ।

हामीलाई के चाहिएकाे थियाे र मर्नेबेलामा ठुलाे परिचय सरिचय। जिउँदै छ कि मरे भन्ने थाहा पाउनपर्ने भए घरघरै आएरै आउनु । भाेट है बुवा भन्न घरघरै आउनेले याे उमेरमा झ्याईँकुटी बनाएर कार्यालय ल्याउनुपर्ने बनाए बाबू ´भन्नुहुन्छ पाेख्रेल।

अब जागिर खानुछैन, विदेश जानुछैन, घरखेत किन्नुछैन । देवघाट लानलाई त्याे राष्ट्रिय कार्ड चाहिने हाेइन , व्यर्थ दु:ख दिएबाबु।` आफुहरु एसिमा बसेका छन्, पँखामा बसेका छन् , यति धेरै बुढाबुढी थुप्रेर बस्नेठाउँमा पड्खा राख्दा यिनकाे के जान्थ्याे र बाबू , जनता कै कर त हाे नी ´ – अलिक जँगिनुभयाे पाेख्रेल बुबा ।

हुनपनि जेष्ठ नागरिकले फाेटा खिचाउन कुरेर बस्नुपर्ने ठाउँमा कतै पङ्खा देखिदै , ठाउँमा विहान कै घाम छिर्दाेरहेछ । गर्मीले आत्तिएका वृद्दहरु काे एउटै स्वर छ किन हाे बाबू सरकारले जनतालाई यतिविघ्न सकस दिएकाे ?

सरकारले राज्यका नागरिकलाई थप के सुविधा दिन राष्ट्रिय परिचय पत्र शुरु गर्याे र याे लिएबापत नागरिकलाई कुन काममा कति रकम बचत हुन्छ तथ्य भन्दा पनि व्याख्यात्मक टिप्पणीका भरमा चितवन सहित केही जिल्लामा अनिवार्य राष्ट्रिय परिचय पत्र कार्यक्रम गरिरहेकाे छ ।

तीन वर्ष पहिले टाेलटाेलमा खिचिएका फाेटाे र विवरणकाे पत्ताे नलाग्दा नागरिकले पाएकाे दु:ख र खर्च सास्तीकाे बयान थप पिडादायक छदैछ ।

सरकारले ९० वर्ष भन्दा माथिका जेष्ठ जागरिककाे हकमा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चिहिने छैन भनेपनि वडा टाेलमा अनिवार्यकाे मात्रै हल्लाका कारण जेष्ठ नागरिकहरुकाे जिल्ला प्रशासनमा भिड बढेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0