२०८१ असार ९आइतबार

चितवन । बिरामीको बढ्दाे संख्यासँगै रगतकाे अत्यधिक माग हुनेगरेकाे र मागकाे अनुपातमा रगतको अभाव भैरहेको बेला चितवनमा  एकै दिन १६२ युनिट रगत संकलन भएको छ ।

अप्रेसन तथा क्यान्सरजन्य उपचारमा व्यापक मात्रामा रगतकाे मागहुने भएकाेले साेलाई पूरागर्न ८ गते रेडक्रस लगायतका विभिन्न संघ , संगठनको अगुवाइमा एकै दिन १६२ युनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यमा शसत्र प्रहरी बल,नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय भण्डारा द्वारा आयोजित रक्तदान कार्यक्रममा १८ युनिट रगत संकलन गरेकाे थियाे भने एसओएस चिल्ड्रेन भिलेज भरतपुर द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको थियाे ।

नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखाले जनाएको छ । हिजै भरतपुर ११ स्थित कैलाश युथ क्लब द्वारा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष सबिन अधिकारीले बताउनुभयाे ।

पछिल्लो समय रगत दिने रक्तदाता बढेको भएपनि चितवनमा रगतको माग अत्यधिक भएकाले कुनै कुनै समुहको रगत अभाव हुने गरेको रेडक्रसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0