२०८१ जेष्ठ १ ,शुक्रबार

प्रकाशबाबू खनाल ,चितवन

रत्ननगर। स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेटकाे व्यवस्था गरिने प्रतिबद्धता गरेका छन् ।

सांसद हरि ढकाल सहित गरिएकाे अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर भए पनि पूर्वाधार निर्माण र उपरकरण खरिदका लागि बजेट हाल्ने बताए ।भवन अभावका कारण सेवा प्रभावित भएको पाए पछि स्थानीय सरकारले जग्गा उपलब्ध गराए, रकमान्तर गरेर बजेट पठाउने बताएका हुन् ।

मन्त्री यादबले डाइलासिस मेसिन, एक्सरे मेसिन, डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यो प्रदेश स्तरको अस्पताल हो प्रदेश सरकारसँग सहकार्य गरेर काम अगाडि बढाउने छु,उनले भने । रत्ननगर अस्पतालले सिमित स्रोत साधनको प्रयोग गरेर नागरिकको उपचारको लागि असिमित काम गरेको आफूले पाएको भन्दै मन्त्री यादबले सरकारी सहयोगको प्रतिक्षामा रहेको अस्पतालको सपना आफूले पूरा गर्ने बताए ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसँग समन्वय गरेर अस्पतालको विकासको लागि पूर्वाधार निर्माण, उपकरण र दरबन्दी थप गर्ने बताए । देशैभरीका सरकारी अस्पतालमा डाक्टरहरुको दरबन्दी थप गर्ने आफ्नो पहिलो योजना रहेको भन्दै उनले त्यसको प्रक्रिया अगाडि बढेको बताए ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले रत्ननगर अस्पतालको विकासका लागि सदनका माग गर्दा सरकारले नसुनेपछि मन्त्री ल्याएर समस्या देखाएको बताए । अस्पतालको विकासको लागि सादनमा धेरै पटक कराए उनले भने कहि सीप नलागेपछि मन्त्री बोकेर आएको हुँ । सरकारले पूर्वी चितवनलाई अपहेलना गरेको भन्दै सांसद ढकालले यस क्षेत्रको विकासका लागि लडिरहने बताए ।

नागरिकको गुनासोहरु आफूले सुनिरहेको भन्दै उनले केही बर्ष भित्र प्रतिफल देखापर्ने बताए । मन्त्री यादबको भनाई सुनिसकेपछि रत्ननगरका मेयर प्रलाद सापकोटाले स्थानीय सरकारले तत्काल जग्गा उपलब्ध गराउने भन्दै बजेट विनियोजन गरेर अस्पतालको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरे । जग्गा उपलब्धताको लागि आइतबार मन्त्रालयमा पत्र पठाउछु उनले भने मन्त्रीज्यूले भवन निर्माणको प्रक्रिया अगाडि बढाउनुस ।

कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञावलीले अस्पतालले प्रदान गर्ने सेवा त्यसको प्रतिफल, समस्या र सामधानका उपाय सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समाजसेवी गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रम अस्पतालका जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।साथै मन्त्री यादवले आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रत्ननगरको पनि निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0