२०८१ जेष्ठ २७, आइतबार

चितवन। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १९ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुरमा आयाेजित कार्यक्रममा ५ महिला सहित ३५ जनाले रक्तदान गरेका हुन् ।

महासंघ चितवनका अध्यक्ष केशव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रामहरि ढकालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे।

रक्तदान कार्यक्रमकाे उद्घाटनका क्रममा प्रमुख अतिथि ढकालले महासंघले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गर्मी मौसमसँगै जिल्लामा रगत अभाव भईरहेको समयमा महासंघले अस्पतालभित्रै आएर सह्रानीय कार्य गरेको बताउनुभयो । उहाँले भरतपुर अस्पतालले पनि ब्लड बैंक सञ्चालन गरेको चर्चा गर्दै बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन हरसम्भव प्रयास भईरहेको बताउनुभयो । अन्य संघ संगठनहरुलाई पनि रक्तदान कार्यक्रम आयोजना गर्न समेत अध्यक्ष पाैडेलले आव्हान गर्नुभएको थियाे ।

कार्यक्रममा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय चिकित्सक संघ चितवनका अध्यक्ष डा.प्रतीक न्यौपाने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ भरतपुर अस्पताल विशेष जिल्ला कमिटी अध्यक्ष डा.नवराज लामिछाने, महासंघका केन्द्रीय सदस्यहरु डा. अरुण सिग्देल, पिताम्बर पन्त, लिलाधर पौडेल, दिपक चापागाई, महासंघ भरतपुर महानगर अध्यक्ष एकनारायण अर्याल लगायतको उपस्थिति थियो ।

महासँघका अध्यक्ष सापकोटाले महासंघले समय समयमा विपन्न वस्तीमा गएर निःशुल्क स्वास्थ्य शिविर गर्ने गरेको बताउँदै उच्च गर्मीका कारण रगत अभाव भएकाले यस पटक रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

महासंघले स्वास्थ्यकर्मीको हकहितका साथै सामाजिक कार्यहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0