प्रमुख दाहाल मन्तव्य राख्दै वीरगञ्ज (पर्सा), २६ जेठ ः भरतपुर महानगरको आयोजनामा शनिबार भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पर्साको ठोरीमा दुई देशीय पर्यटन प्रवर्धनबारे सरोकारवालाहरुबीच छलफल कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख रेनु दाहाल । तस्बिर ः हिमाल लम्साल÷ रासस

२०८१ जेष्ठ २६, शनिबार

चितवन। ठाेरी दुरीकाे हिसावले नेपालकाे सबैभन्दा छाेटाे र त्रिदेशीय मुलुक जाेड्ने नाका भएकाेले यसलाई महत्त्वका साथ विकास गर्नुपर्ने मेयर रेणु दाहालले बताउनुभएकाे छ । शुक्रबार ठाेरीमा आयाेजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा भरतपुरका मेयर दाहालले महत्त्वका साथ साे विषय उठाउनुभएकाे हाे ।

भरतपुर भ्रमण वर्ष – २०२४ काे अवसर पारेर आयाेजित साे छलफलमा नगरप्रमुख दाहालले ठाेरी दूरीकाे हिसावले छाेटाे र नेपाल ,भारत र चीन जाेड्ने नाका भएकाेले याे नाकाबाट तीनै मुलुकले भरपुर उपयाेग र लाभ लिनेगरि विकास गरिनुपर्नेमा जाेड दिनुभयाे ।

विभित्र कारणले स्थगित भएकाे साे नाका केही हप्ता अघि मात्रैसञ्चालनमा आएसँगै भारती पर्यटकले प्रयाेग गर्ने उताका सवारीसाधनकाे अस्थायी अनुमानि समेत ठाेरीबाटै दिदैआईरहेकाे छ । यसाेगर्दा वीरगन्ज जानुपर्ने झन्झट सहजभएकाे छ ।

स्थानीय जनप्रतिनिधि समेतकाे उपस्थितिमा भएकाे छलफल कार्यक्रममा वीरगन्ज स्थिति भरतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियाैँ वर्ष देखिकाे धार्मिक , साँस्कृतिक एवै सद्भावपूर्ण सम्वन्धलाई दुवै देशले धार्मिक तथा पर्यटकि गन्तव्यकाे रुपमा भ्रमणका माध्यमबाट सम्वन्धलाई थप उचाईमा पुर्याउनुपर्नेमा जाेड दिनुभयाे ।

ठाेरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार केहीहप्ता यता ठाेराी नाकामा चहलपहल बढेकाे र भारती पर्यटकहरुकाे सँख्या समेत बढ्दाे रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0