२०८१ जेष्ठ २६, शनिबार

चितवन । अल्फा एजुकेसन कन्सल्टेन्सीले चितवनबाट समेत शैक्षिक परामर्श सेवा सुरु गरेकाे छ ।

क्यानडा ,अमेरिका,न्युजिल्यान्ड ,अष्ट्रेलिया ,वेलायत,काेरिया,जापान ,डेनमार्क लगाएत देशमा अध्ययन गर्न चाहभएका विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै विद्यार्थीलाई शैक्षिक सँस्थासँग सिधा सम्पर्क कामगर्दै गरेकाे जनाईएकाे साे सेवा केन्द्रकाे शुक्रबार नेपाल मगर सँघ चिथवनका अध्यक्ष ठाकुरसिँह मगरले उद्घाटन गरे ।

उद्घाटन पछि पत्रकारहरुसँग कुराकानीका क्रममा केन्द्रका प्रवन्ध निर्देशक राेमनसिँह थापाले भने ` हामीले विद्यार्थी र अभिभावकसँगै राखेर राम्रोसँग परामर्श दिएपस्चात नै पढाइ लगाएत थप परामर्शका कार्य गर्दछौं ।´

हरेक बाबुआमाले देखेकाे आफ्नाे छाेराछाेरीकाे उज्ज्वल भविष्यकाे चाहलाई पूरागर्न उच्च शिक्षा आर्जनका लागि वैदेशिक यात्रामा पठाउने भरपर्दाे सेवाकाे रुपमा अल्फा एजुकेसन कन्सल्टेन्सी स्थापना भएकाे निर्देशक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0