२०८१ जेष्ठ २५, शनिबार

गजल

चट्याङले मुर्छामाथी अझैमुर्छा पार्यौ किन

हुर्काएर ढाल्ने भए प्रेम सिन्ची सार्यौ किन।

सासभरी ब्युझाएर फेरिबाच्ने आस दियौ

बास दिई मुटु भित्र अक्करमा हार्यौ किन ।

उकुसमुकुस मुटु भित्र आधिबेरी मडारियो

कलेटिभै सुक्दा एता उताआँसु झार्यौ किन।

बाटोबिच भौतारिदा ढोकाखोली बास दियौ

उही दैलो टेक्दा आज तगारोले बार्यौ किन।

बिहानीमा घाम झुल्दा चन्द्र सधैंसाझ कुर्छ

चन्द्रमामा दाग देखि आज मन मार्यौ किन।

✍️ जयन्ती अधिकारी भरतपुर ७ ८१/०२/२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0