२०८१ जेष्ठ २५, शनिबार

चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शास्त्रीय प्रमाण र भाैगाेलिक विश्लेषणले रामकाे जन्मभूमि नेपालकाे माडीमै भएकाे बताउनुभएकाे छ ।

हालै सम्पन्न नेकपा एमालेकाे ११अैाँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिकाे पदभार ग्रहण तथा बधाई सभामा शुक्रबार बाेल्नेक्रममा साे बताउनुभएकाे हाे ।

` याे मैले राजनीति गर्नका लागि मात्र नभएर हाम्रा शास्त्रीय आधार र प्रमाणका आधारमा बाेलेकाे हुँ ।´ ओलीले भन्नुभयाे ।

श्रीमतभागवतकाे माघमहात्मेमा वर्णनकाे प्रसँग उल्लेख गर्दैओलीले भन्नुभयाे `शास्त्रले गँगाजीकाे समिपमा ,उत्तरभेगमा पवित्र गँगा, नजिकै वाल्मीकि आश्रम देखि वाल्मीकि राकायणकाे अध्ययन र विश्लेषण गर्दा राम जन्मभूमि माडीको बसन्तपुर क्षेत्रमा पर्ने जिकिर गर्नुभयाे ।

विभिन्न शास्त्रीय प्रमाणले राम जन्मभूमि माडी देखाइरहँदा हाम्रा धार्मिक गुरुहरु बाेल्न किनडराएका छन् भन्दैओलीले भन्नुभयाे `राम जन्मभूमि माडीलाई धार्मिक पर्यटनकाे रुपमा विकास गरिनुपर्छ ´

नेकपा एमालेकाे १४ गते सम्पन्न अधिवेशनले कमल पाठककाे नेतृत्वमा ११९ सदस्य जिल्ला कमिटी गठन गरेकाे छ भने शँकर अधिकारीकाे नेतृत्वमा लेखा समिति गठन गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0