२०८१ जेष्ठ २४, बिहीबार

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री पुनः प्रधानमन्त्री बनेका छन् । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो । मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ।

शनिबार मोदीको शपथ हुनेभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली जाने तयारी गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीले भारत भ्रमणमा जाने तयारी गरिरहेको र संभवतः आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सरकारका एक मन्त्रीले जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0