२०८१ जेष्ठ २४ , बिहीबार

 

कृष्णप्रसाद खनाल

चितवन । सुस्ताएकाे अर्थतन्त्रलाई चलायमान गराउनु मुख्य उद्देश्य भएपनि ` भरतपुर भ्रमण बर्ष – २०२४´काे दीर्घकालीन उद्देश्य भरतपुरकाे शाख र कृति देशविदेशसम्म फैलाउँनु र यसका माध्यमबाट भरतपुरकाे विकाश र सँवृद्धिकाे दीर्घकालीन आधार तयारपार्नु  हाे ।

कस्ता र कहाँछन् त भरतपुरमा प्रमुख गन्तव्य

————————————

१) देवघाटधाम :-

विश्व कै वैदिक धर्मावलम्बीकाे आस्था र विश्वासको थलाे , पुण्य देवभूमीकाे रुपमा प्रख्यात देवघाटधाम भरतपुरकाे मात्र नभएर देशकै प्रमुख धार्मिक गन्तव्य हाे ।

दर्जनाैँकाे सँख्यामा अन्तिम श्रद्धाञ्जलीका लागि गरिने सवयात्रा देखि अनेक धार्मिक तिथि पर्वमा लाखौंकाे सँख्यामा उपस्थित हुनुहुने भक्तजनको उपस्थितिले नै याे गन्तव्यकाे अहम् महत्व प्रस्ट्याउँछ ।

कैयौं देवस्थल , आध्यात्मिक भवन,तथा गुरुकुल विद्याश्रका साथै यस क्षेत्रका प्रमुख गन्तव्यमा बेनी सँगम,बागेश्वरी मन्दिर, आश्रमहरु का साथै याेगीनरहरिनाथ गाै सँरक्षण केन्द्र प्रमुख रहेका छन् ।

२)गणेशधाम क्षेत्र :-

करिव ४ किलोमिटर उत्तर भरतपुरकाे ११ नम्बर वडामा पर्ने गणेशमन्दिर र यहाँका सामुदायिक व वातावरण एक प्रमुख गन्तव्य मध्यकाे एक हाे।

यहाँका उन्मत्त गणेशकाे मुर्ति , बन्दैगरेकाे ताल सहित समग्र विकास आयाेजना समेत अवलोकनका लागि प्रख्यात छन् ।

३) चाैकी डाँडा क्षेत्र :-

भरतपुर २९ भित्र पर्ने चाैकिडाँडा ,कविलास गढी,गाेल्डेन गुफाका साथै मदन- आश्रति स्मृति पार्क भरतपुरका आकर्षक भ्रमण गन्तव्य हुन् ।

४) पर्यटकीय आकर्षणका गन्तव्य :-

निकुञ्ज तथा सामुदायिक वनक्षेत्र पर्यटनका लागि आकर्षक गन्तव्य क्षेत्र हुन् ।

हात्ती , गैडा , बाघ , विभिन्न वन्यजन्तु का साथै चराचुरुङ्गीकाे अवलोकन ,हात्ती तथा जिप सफारी ,ढुङ्गा सफारी, विभिन्न जनजाति तथा समुदाका जिवनकहँनी झल्कने हाेमस्टे र त्यहाँका कला सँस्कृतिबाट प्राप्तुहुने अलाैकिक आनन्द , खुल्ला चिडियाखाना देखि सुर्याेदय र अस्तकाे अवलोकन भरतपुरका भ्रमण अवसर हुन् ।

 

यसैगरी दियालो दरवारकाे अवलोकन , गाेही प्रजनन केन्द्र देखि हात्ती प्रजनन केन्द्र ,नदि तटीय क्षेत्रकाे अवलाेकन महत्वपूर्ण गन्तव्य क्षेत्र हुन् ।

५) बखान सहकारी :-

सहकारी जीवनकै पहिलाे सहकारी ` बखान सहकारी ´जस्काे स्थापना चितवनमा बस्ती दुल्नु बखानसिँह गुरुङको सकृयतामा २०१३ समलम‌ स्थापना गरिएकाे जेठाे सहकारी अध्ययन अवलोकन देखि  केरा , ड्रागन तथा लिच्चि पकेट क्षेत्र , सामुहिक तरकारी खेती समेत भरतपुरका अवलोकन गर्न लायक महत्त्वपूर्ण व्यवसायीक प्रवर्द्धनका पर्यटकीय  गन्तव्य क्षेत्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0