२०८१ जेष्ठ १५, मँगलबार

चितवन। नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनबाट आगामी नेतृत्व चयनका लागि ७ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् ।

मतदान कार्यक्रम दिउँसो १ बजे सम्पन्न भएको हाे भने मतगणनाकाे कार्य भने सञ्चालन भैरहेकाे छ ।

ग्यालेक्सी गार्डेन रिसोर्ट लंकुमा बिहान ७:३० बजे देखि मतदान कार्य शुरुगरिएकाे थियाे ।

नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको समुद्घाटन जेष्ठ १२ गते भएको थियो। अधिवेशनमा ७६४ जना प्रतिनिधि रहेका छन् ।

आगामी नेतृत्वका लागि अध्यक्ष पदमा कमलराज पाठक र घनश्याम कंडेल , उपाध्यक्ष मा कृष्ण कुमार डल्लाकोटी र श्यामकुमार विष्ट, सचिवमा पदमपाणी सुवेदी र प्रकाश ढुङ्गाना, सहसचिव(खुला) पदमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिनबहादुर परियार, उपसचिव (महिला) पदमा जानकी शर्मा र ज्वाला पुरी वनबीच प्रतिष्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0