२०८१ जेष्ठ १५, मँगलबार

काठमाडौं । नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउपरेका कैलाश सिराेहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ ।

जनकपुर स्थित काव्य अस्पतालले थप उपचारका लागि रेफर गरेकाेले थप उपचारका लागि उनलाई काठमाडौं पठाईएकाे धनुषा प्रहरी कार्यालयका प्रवक्ता रन्जन अवाले जानकारी दिए ।

सिराेहियालाई मुटु र रक्तचापमा समस्या देखिएकाे भन्ने डाक्टरकाे ब्रिफिङसँगै उनलाई काठमाडौं ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक सुत्रले बताएको छ।

कान्तिपुर मिडिया ग्रुपकाे कार्यालयबाट जेष्ठ ८ गते पक्राउ परेका उनलाई साेमबार अदालतले तेश्राेपटक ३ दिनका लागि म्याद थपगरि अनुसन्धान गर्न अनुमानि दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0