२०८१ जेष्ठ १३, आइतबार

चितवन । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २२औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरि सम्मान प्रकट गरिएकाे छ।

प्रेस सेन्टर नेपाल चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरुले शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरे ।

स्मृति दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासँघ चितवनका अध्यक्ष नारायण अधिकारीले सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान पुर्याउनुभएकाे बताउँदै वहाँले देखाउनुभएकाे आर्दशलाई अनुशरण गर्नसके सेनको सच्चा सम्मान हुने बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रकाशमणि ज्ञावालीले सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर क्रुरताका साथ हत्या गरेको प्रसंग उल्लेख गर्दै वहाँले समाज परिवर्तनकाे आन्दोलनमा पुर्याउनुभएकाे योगदान अनुकरणीय रहेको बताउँनुभयाे ।

प्रेस सेन्टर नेपाल चितवनका उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष कृष्ण भण्डारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल प्रेस चौतारी चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सीना, प्रेस सेन्टर नेपाल चितवनका सह सचिव नविनबाबु मरहट्टा , अग्रज पत्रकारहरू कृष्ण प्रसाद खनाल , बसन्त पराजुली , तीलकराम रिमाल लगायतका पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियाे ।

कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा तात्कालिक सरकारले चरम यातना दिएर पासविक हत्या गरेको थियो ।

स्मृति सभा प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0