२०८१ जेष्ठ १३, आइतबार

चितवन ।  नेपाल प्रेस युनियन स्थापनाकाे ३३ अैाँ वर्षकाे अवसरमा प्रेस युनियन चितवनले मानव सेवा आश्रममा रहनुभएका ४६ जना आश्रित आमाबुबा, दाजुभाई, बहिनीहरुलाई खाना खुवाएर सेवा गरेकाे छ ।

युनियनकाे स्थापनाकाे दिनलाई थप सम्झनायाेग्य बनाउन मानवीय सेवाकाे याे कार्य गरिएकाे प्रेस युनियनका चितवन अध्यक्ष अनिल ढकालले बताउनुभयो ।

पत्रकारहरुकाे हक हित र श्रीबृद्धिमा अग्रसर हुँदै पत्रकारिता कर्मलाई निरन्तरता दिनु मुख्य काम भएपनि सामाजिक जिवनका विभिन्न गतिविधिमा समेत प्रेस युनियन क्रियाशील हुनेगरेकाे वहाँले बताउनुभयो ।

आश्रम विभिन्न कारणले घरबाट वाहिरीएका सहारा विहिनहरुलाई सहारा दिनुकाे साथै पुनर्मिलनका कार्यमा कार्यरत रहदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0