२०८१ जेष्ठ १२ , शनिबार

प्रकाशबाबु खनाल

चितवनको कालिका नगरपालिकामा  पशु पालक किसानलाईअनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ ।

८० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो । दुध उत्पादन गर्ने कृषकहरुको उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले पशुसेवा शाखा मार्फत पशु पालक किसानलाई चापाकटर, दाना बनाउने मेसिन, ठेलागाडा र गर्भवती तथा सुत्केरी बंगुरलाई फिड सपिलमेन्ट वितरण गरेको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०८०र०८१ को रु ८ लाखको बजेट मार्फत ७ जना पशु पालक किसानलाई चापाकटर, ८ जनालाई दाना बनाउने मेसिन, २० जनालाई ठेलागाडा र गर्भवती तथा सुत्केरी बंगुर भएका २९ जना किसानलाई निःशुल्क (शत प्रतिशत अनुदान) मा फिड सपिलमेन्ट वितरण गरिएको पशु शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

कालिका वडा नं. ६ मा आयोजित कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, आर्थिक विकास समितिका संयोजक दिपक सिंह परियार, वडा अध्यक्ष लगाएतले संयुक्त रुपमा हरुतान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख विनोद रेग्मीले अनुदानमा पशु किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेसंगै व्यवसाय गर्न सहज हुने विश्वास व्यक्त गरे ।

आर्थिक विकास समितिका संयोजक दिपक सिंह परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक प्रसाद भट्टराई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ७ का वडा अध्यक्ष कमलराज मोक्तान, कृषि शाखा प्रमुख लक्ष्मण पोखरेल, पशु शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पशु शाखाका प्रमुख डाक्टर राजु प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पशु शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0