२०८१ असाेज २५, शुक्रबार चितवन । पाेल्ट्रिकाे राजधानी भनेर चिनिने चितवन मासुमा आत्मानिर्भर जिल्ला हाे ।

यहाँ उत्पादित मासुकाे ३५ प्रतिशत जिल्ला बाहिर जानेगर्दछ भने प्राय चितवनमा प्रयाेग हुने मासु यहिँ कै उत्पादन हाे । वार्षिक १७ हजार मेट्रिक टनकाे हाराहारीमा मासु उत्पाद हुने चितवनमा १४ हजार मेट्रिक टन मासु कुखुराकाे उत्पादन हुनेगरेकाे तथ्यांक छ ।

यसैगरी राँगा करिब ३ हजार मेट्रिक टनकाे हाराहारीमा उत्पादन हुनेगरेकाे छ भने खसीकाे मासु वार्षिक करिव १ हजार ५ सय मेट्रिक टन उत्पादन हुनेगर्दछ । यस बाहेक हाँस बँगुर, भैंसी लगाएतका पशुबाट करिव ५ सय मेट्रिक टन मासु उत्पादन हुने गर्दछ । दसैमा नै सर्वाधिक मासु खपत हुने भएका किसानहरुले दसैँ लक्षित मासुजन्य पशुपँछिकाे उत्पादनमा सकृय हुने गर्दछन् । तर यस वर्षकाे दसैँमा किसानले अपेक्षा गरि बमोजिम मासु खपत नहुने लक्षण देखिएकाे छ ।

चितवनमा गत वर्ष भन्दा करिव २० प्रतिशतले मासुकाे उत्पादन बढेपनि खसी बाेकाकाे माग भने साेचे बमाेजिम नबढ्दा किसानहरु चिन्तित छन् । अघिल्लो वर्ष ज्यूँदाे खसीकाे मूल्य ६ सय प्रतिकिलोमा विक्री भएकाेमा यसबर्ष ५ सयमा पनि विक्री नभएकाे किसानहरु बताउँछन् ।

दसैँमा विक्री गर्ने उद्देश्यले खसी बाेका पालेका किसानहरु खसीको व्यापार घटेपछि चिन्तित देखिन थालेका छन् । हिजाे फुलपाति र आज अष्टमीका दिनमा समेत खसी विक्री नभएपछि व्यापार घट्ने प्राय निस्चित भएकाे मासु व्यवसायी सँघ चितवनका अध्यक्ष गणेश प्रसाद पाैडेल बताउनुहुन्छ ।

यसअघि बाेसाे रहित खसीकाे मासु प्रति किलाे १ हजार २ सय रहेकाे मा दशैकाे अवधिमा झन् व्यापार घट्ने डरले बाेसाे रहित मासुकाे मूल्य १ हजार १ सय ताेकिएकाे छ ।