२०८१ असाेज २२, मँगलबार

चितवन । चितवनका सातै स्थानीय तह र जिल्लाका १० कार्यालयकाे वार्षिक प्रगति समिक्षा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति चितवनकाे आयाेजनामा सम्पन समीक्षा कार्यक्रममा बाेल्दै बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्णप्रसाद सिलवालले स्थानीय तह र सरकारी कर्मचारीहरुलाई आफ्नाे कार्यकालमा कम्तिमा पनि एउटा दीर्घकालीन राम्राे काम गरेर जान अनुरोध गर्दै भ्रष्टाचार नगर्ने र हुन छुट समेत नदिने बताउनुभयो ।

भरतपुर २ [ ख ]बाट प्रतिनिधित्व गर्दै मन्त्री हुनुभएका सिलवालले राजनीतिक नेतृत्वलाई समेत जनताको खुशी र स्थानीय विकासमा निस्वार्थ रुपमा पहलकदमी गर्न अनुरोध गर्नुभयाे ।

कार्यक्रममा जिल्लाका सातवटै पालिकाहरुले परित प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्थानीय तहका प्रमुख / उपप्रमुख तथा राजनीतिक नेतृत्वहरुले देशका तीनैतहकाे राम्रो समन्वयमा विकासका याेजना ल्याउनुपर्ने बताएका थिए ।