२०८१ असाेज २२, मँगलबार

चितवन । जुत्ताचप्पल मेलामा जुत्ता किन्दा भरतपुर ११ भाेजाडकी सरिता बिकलाई २५ किलाेकाे खसी उपहार परेकाे छ ।

 

चितवन उद्योग सँघकाे आयाेजनामा भरतपुर स्थित प्रदर्शनी केन्द्रमा असाेज १ गतेबाट सञ्चालित `जुत्ताचप्पल व्यापार मेला´ मा खरिदकर्ताहरु मध्यबाट लक्की ड्र मार्फत बिकलाई खसी उपहार परेकाे उद्योग सँघका सुचना प्रमुख राजु भट्टले जानकारी दिनुभयो ।

फुटवेयर एसोसिएशन नेपाल र चितवन उधोग संघको सयुक्त आयोजनामा असोज २४ गतेसम्म सन्चालन हुने यस जुत्ताचप्पल मेलामा पुर्व निर्धारित निर्णय अनुसार कार्यक्रमको समापनको ३ दिन अगाडि लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्येबाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिएको  आयोजकले बताएको छ ।

उपहार प्राप्त गर्नेले जुत्ता खरिद गरेकाे बिल र कुपनकाे सक्कल प्रती यहि असाेज २३ गते साँझ ५ बजेसम्म आयाेजक समक्ष बुझाई माग दावी गर्नुपर्ने जनाइएको छ ।

कार्यक्रममा खसी तथा १० जना शान्त्वना विजेतालाई चितवन उधोग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्येबाट बिजेता घोषणा गरिएको हो ।

जुताचप्पल मेलामा उपहारसँगै जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । जुत्ताचप्पल मेलामा सस्तो मुल्यमा गुणस्तरीय स्वदेशी उत्पादन खरिद गर्न पाइने भएका कारण यहाँ ग्राहकहरुको बाक्लो भिड लाग्ने गरेको छ । मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ ।