पूर्वप्रधानमन्त्री प्रचण्डसँग पत्रकार भेटघाट नारायणगढ (चितवन), २० असोजः पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँग समसामयिक विषयमा कुराकानी गर्दै ।तस्बिर ः सनद अधिकारी÷रासस

२०८१ असाेज २१, साेमबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छाँै भन्ने आधार देशभरि घुमेर देखेको छु”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो ।

उहाँले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।” रासस