२०८१ असाेज २०, आइतबार चितवन ।

चितवनका सातै स्थानीय तह र जिल्लाका १० कार्यालयकाे वार्षिक प्रगति समिक्षा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति चितवनकाे आयाेजनामा सम्पन समीक्षा कार्यक्रममा बाेल्दै बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्णप्रसाद सिलवालले स्थानीय तह र सरकारी कर्मचारीहरुलाई आफ्नाे कार्यकालमा कम्तिमा पनि एउटा दीर्घकालीन राम्राे काम गरेर जान अनुरोध गर्दै भ्रष्टाचार नगर्ने र हुन छुट समेत नदिने बताउनुभयो ।

भरतपुर २ खबाट प्रतिनिधित्व गर्दै मन्त्री हुनुभएका सिलवालले राजनीतिक नेतृत्वलाई समेत जनताको खुशी र स्थानीय विकासमा निस्वार्थ रुपमा पहलकदमी गर्न अनुरोध गर्नुभयाे । कार्यक्रममा जिल्लाका सातवटै पालिकाहरुले परित प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्थानीय तहका प्रमुख / उपप्रमुख तथा राजनीतिक नेतृत्वहरुले देशका तीनैतहकाे राम्रो समन्वयमा विकासका याेजना ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा सात स्थानियत तह सहित कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, डिभिजन वन कार्यालय भरतपुर, पूर्वाधार विकास कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन ईकाई चितवन, मत्स्य विकास कार्यालय भण्डारा, पशु विकास कार्यालय भरतपुर लगायतका कार्यालयको वार्षिक समिक्षा गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।