१०८१ असाेज १८,शुक्रबार

काठमाडौं ।‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ

अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बुधबार देउलासँगै अन्य तीनजनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बुधबार देउलासँगै अन्य तीनजनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको अभियोग छ ।

देउलाका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका-२९ का २२ वर्षीय साजन गुरुङलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।