२०८१ असाेज १६, बुधबार

तितवन । आफ्ना मतदातासँग सार्वजनिक सुनुवाइ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का साँसद रवि लामिछाने १८ गते चितवन आउने भएका छन् ।

यस अघि दुईपटकसम्म सार्वजनिक सुनुवाइ गरिसकेका लामिछानेले शुक्रबार इच्छाकामनास्थित थकाली समाजकाे भवनमा सार्वजनिक सुनुवाइ गर्ने बताएका छन् ।

कार्यक्रममा उपस्थित हुँदा सबै मतदातालाई आफ्ना प्रश्न सहित उपस्थित हुन अनुराेध गरेपनि पार्टीको झण्डा ,व्यानर र पाेसाक नलगाउन भनेका छन् ।