२०८१ असाेज १५, मँगलबार

काठमाडौं । सबै प्रदेशमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलेमुटु रोग उपचार विस्तार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले बाँकी ६ प्रदेशमा पनि सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको र अब मुटु रोगको उपचारसमेत विस्तारको प्रस्ताव राखेका थिए ।

मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।