२०८१ असाेज १४,साेमबार

प्रकाशबनबु खनाल,चितवन

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ का विपन्न समुदायका बाढी पीडितलाई राहत वितरण गरिएको छ ।

वडा कार्यालयले २३ घरधुरीलाई राहत वितरण गरेको हो ।

वडा अन्तर्गत लालपर्सा, बालुवाटार, कपरफोरी, कुमालटोलका बाढी पीडितलाई प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर तेल, २ किलो चिउरा, १ पोका दालमोठ, २ बोका मस्यौरा र साढे दुई किलो आलु प्रदान गरिएको वडासचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिए ।

वडाध्यक्ष अनन्त अधिकारी, वडा सदस्यहरु कमानसिंह चौधरी, शुष्मा खड्काथोकी र लेखबहादुर तामाङले बाढी पीडितलाई राहत हस्तान्तरण गरेका थिए । वडाध्यक्ष अधिकारीले बाढीबाट प्रभावित विपन्न समुदायका घरधुरीलाई राहत वितरण गरिएको बताए ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका समुदायलाई तत्कालको लागि छाकटार्नको लागि राहत प्रदान गरिएको उनको भनाई छ ।