२०८१ असाेज १३, आइतबार

चितवनबाट काठमाडौंका लागि छुटेको माइक्रोबस झ्याप्ले खाेलामा खसेकाे पहिरामा परेको खुलेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।

हायसबाट १० जनाकाे शव निकालिएको छ भने विहानै अर्काे बसबाट १३ जनाकाे शव निकालिएको थियाे । साे शवहरु गाेरखाबाट छुटेकाे बसकाे हुनसक्ने अनुमान रहेकाे छ ।