klx/f]n] /f]lsPsf ;jf/L;fwg e/tk'/, !& c;f/ . gf/fo0fu9–d'lUng ;8sv08cGtu{t O{R5fsfdgf ufpFkflnsf–% tLg gDa/ k'ndf v;]sf] klx/f]n] /f]lsPsf ;jf/L;fwg . uP /fltb]lv ca?4 of] ;8sv08df xhf/f}+ ;jf/L;fwg /f]lsPsf 5g . tl:a/ M s[i0f cfrfo{÷/f;;

२०८१ असाेज १०, बिहिवार

मौसम बदली भई  देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

यी हुन् उच्च जोखिममा परेका जिल्ला

 

जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह गरिएको छ।
खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, तथा पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्टमा रहन पनि सूचित गरिएको छ।
बिहीवारदेखिको वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ। वर्षा हुने प्रणाली नै लम्बिएको छ।