२०८१ असाेज ९,बुधबार

चितवन । चरतपुर स्थित विक्रम मार्गमा रहेकाे दियालो फुड ल्याण्डमा भरतपुर महानगरपालिकाले डाेजर चलाएको छ ।

पुँगी खाेला मिचेर बनाएकाे साे सँरचनालाई हटाउन महानगरले यश अघि नै समयसिमा ताेकिसकेकाे थियाे । चितवन क्षेत्र नम्बर ३ का सँसद तथा पूर्वमन्त्री विक्रम पाणडेले निर्माण गरेकाे साे सँरचना माथि डाेजर चलाउँदाकाे समयमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपप्रमुख चित्रसेन अधिकारी फिल्डमै उत्रिएका थिए ।

सांसद पाण्डेले खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएको महानगरपालिकाका इन्जिनियर सुर्य लामाले बताए । उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको जानकारी दिए । यसअघि सो स्थानमा सांसद पाण्डेको कालिका कन्स्ट्रक्शन प्रा.लि.को अफिस थियो ।

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं. २ मा मिचिएको महानगरले जनाएको छ ।