२०८१ असाेज ९, बुधबार

भरतपुर । भरतपुरकाे लायन्स चाेक स्थित लायन्स भवनमा आज महानगरपालिकाले डाेजर चलाएकाे छ ।

पुँगी खाेला अतिक्रमण गरि बनेका सँरचनाहरु हटाउनेकममा साे भवनमा डाेजर चलेकाे महानगरपालिकाले जनाएको छ ।

यसअघि नै महानगरपालिकाले अतिक्रमित सँरचना हटाउन समयसिमा ताेकेकाे थियाे । ताेकिएकाे अवधिमा सँरचना नहटाइएकाेले महानगरले डाेजर चलाउनपरेकाे उपमेयर चित्रसेन अधिकारीले बताए ।

खाेलाे मिचेर तीन धुरमा बनेकाे साे भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखहरुकाे उपस्थिति थियाे ।

भरतपुरकाे वडा नम्बर ११ बाट शुरुभएकाे पुङ्गी खाेलाले भरतपुरका २र ३ नम्बर वडा हुँदै ४ किलोमिटर तयपछि नारायणी नदिमा मिसिन्छ ।

यस खाेलालाई व्यवस्थित गरि साैन्दर्यकरण गर्न लगानी सहितकाे याेजना अघिबढेकाे छ ।