२०८१ असाेज ८, मँगलबार
बाबाको मिटिङ
————-
अहो मेरा बा
विहानै उठेर चिन्तन गर्नुहुन्छMay be an image of 1 person
                                                       वरिष्ठ साहित्यकार ,/कवि गाेर्खे साईँलाे
अहो मेरा बा
विहानै उठेर चिन्तन गर्नुहुन्छ
घोरिनुहुन्छ टोलाउनु हुन्छ
अनि के सम्झिनुहुन्छ र
आफ्नै प्रिय मान्छेलाई
बोलाउनु हुन्छ ।
थोरै थोरै नगरि नहुने केही कर्म गर्नुहुन्छ
अनि पुरानै सोँचमग्नतामा हराउनु हुन्छ
सुस्केरा हाल्दै भुन भुनाउनु हुन्छ
उहाँको चिन्ता मुख्य त एयटै हुन्छ
आज मेरो विना लगानि सोमरसको सिकार को हुन्छ
आफ्नो थैली यौटा पुरानै जमाना देखि नै खाली छ
खाली थैली देखाएर सोमरस मिल्दैन भन्नुहुन्छ
उहाँलाई अरु कुनै चिन्ताले सताउँदैन
केवाल मस्तिष्कमा भिजेको सोमरस ।
बुवाले आफ्नो पैत्रिक सम्पति नभएको हैन
तरसबै सम्पती सोमरसको खोला मानै बगाईदिनु भो
हेर्दा त सबै तिर सुख्खा देखिन्छ तर पनि
यसो बिर्को खोल्नासाथ अदृश्यमै ठूलै खोला बने
भए जति सबै थोक बगाउन सक्दो रहेछ
सम्पती त बगायो बगायो कतै खोजेर नपाउने
मेरो बुवाको जिन्दगानी नै बगाउँदो रहेछ ।
म कहिलेकाहीँ रोक्न खज्छु र भन्छु
बाबा अव यो सोमरसको गाडी नचलाउनुहोस
हामी सबै बर्बाद भएसकेका छौँ ।
बाबा भन्नुहुन्छ मेरो वादा भयो अव चलाउन्न
तर अर्को दिन त सोमरसे गाडी पाङ्ग्रा भन्दा
मेरो बाबा खुट्टा पो लर्खराएको बाङ्गो देख्छु
अनि मलाई आट्टम गलानी भएर आउँछ ।
तल पनि बालबच्चा बसेका हुन्छन्
तर मेरो बाबालाई कुनै वास्ता हुन्न
र्नै बाबाले नदिए चामल आउँदैन
न त घरमा दाल तरकारी नै आउँछ
समयमा पैसा नतिरे बत्तीको लाइन काटिन्छ
बर्षौँबर्ष सम्म पनि बाबाले पैसा नदिँदा
कसरी बत्तीको पैसा बुझाउन सकिएला
त्यो केही कुरा बाबाले पटक्कै सोच्नुहुन्न
आधा घन्टा लोडसेडिङ भएको समय
लाइन गयो गर्मी भयो भन्दै तल झर्नुहुन्छ।
तर कतैबाट केही रकम फवकिटमा परेछ भने
साथी साथीमा मोवाइलको रिङ बज्न थाल्छ
र ठूलै बफादारी मिटिङ चल्न थाल्छ ।
साथी गिलास र सोमरसका बीचमा मिटिङ चलेपछि
चाहेरातीको १२ किन नबजोस मिटिङ त लामै चलिरहन्छ ।
चाहेर घरमा कसैले खाना कुरेर बसेको होस वा
कसैले गेट लगाउन पर्खिरहेको होस
बाबालाई त्यो कुनै मतलव हुँदै हुँदैन
बिन भने बााब सोमरसे मिटिङ मै व्यस्त हुनुहुन्छ
वाक्य वाक्यमा चुस्स चुस्स चुस्कीमैँ मस्त हुनुहुन्छ
यसो घरबाट फोन गयो भने मिटिङ मै छु भन्नुहुन्छ
अनि भन्नु हुन्छ ल ल म आधा घन्टमा आउँछु
तर त्यो आधा घन्टा घन्टौँघन्टामा बदलिसक्छ
बाबाको आगमन हुने कुनै छनक देखिदैन
रातको अन्तिम प्रहर तिर मिटिङ सकिन्छ
तर मेरो बाबामा भिजेको मिटिङको राग सकिँदैन
लाखौँ लाखमा परिणत हुन सक्ने समयहरू
एकाएक सकिन्छ तर चलिरन्छ बाबाको मिटिङ ।।